Saturday, April 25, 2020

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल


कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

काठमाडौँ, वैशाख १४ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको जानकारी दिनुभयो । बन्दाबन्दी, परीक्षणको दायरा बढाएको, अन्तर्राष्ट्रिय उडान बन्द गरेको लगायतका कार्यप्रगतिका कारण डब्लूएचओले नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा राखेको उहाँले बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले डब्लूूएचओले एकदेखि पाँच तहसम्म बनाएको जानकारी दिनुभयो । यसअघि तह चारमा नेपाल रहेकोमा अब त्यसलाई घटाएर तह तीनमा राखेको जानकारी दिँदै उहाँले कोरोनाविरुद्ध नेपालले गरेको कामका आधारमा डब्लूूएचओले उच्च जोखिममा राखेको बताउनुभयो ।
सार्क मुलुकका भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, माल्दिभ्स तह तीनमा छन् । पाकिस्तान तह चार र अफगानिस्तान अहिले पनि तह पाँचमा छ । तह पाँच भौतिक संरचनाका आधारमा पनि अति कमजोर हो । नेपालले पछिल्लो समय पीसीआर ¥यापिड टेस्टको दायरा ह्वात्तै बढाएको, सङ्क्रमण रोक्न लकडाउन कडाइसाथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाइका साथ लागू गरेको जस्ता कार्यको मूल्याङ्कन गरी नेपालको अवस्थामा सुधार भएको महानिर्देशक श्रेष्ठले स्पष्ट पार्नुभयो ।
“अमेरिकामा हजारौँ मानिसको मृत्यु भएको छ”, श्रेष्ठले थप्नुभयो, “त्यहाँ डब्लूूएचओले तह एकमा राखेको छ । किनकि त्यहाँको स्वास्थ्य संरचनाले तह एकमा राखेको हो ।” नेपालले सातवटै प्रदेशमा तीव्र गतिमा प्रयोगशाला विस्तार गरेको, ७७ वटै जिल्लामा ¥यापिड परीक्षण सुरु गरेको र स्थानीय तहले पनि काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।
१२ जना सङ्क्रमणमुक्त
यसैबीच नेपालमा हालसम्म १२ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । विराटनगरमा ३०, वीरगन्जमा पाँच, धनगढीमा एक र भरतपुरमा एक गरी ३७ जना सामान्य अवस्थामा उपचाररत हुनुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म नौ हजार ६६६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिनुभयो । यस्तै आरडीटीबाट ३९ हजार ६७० जनाको परीक्षण भएको छ । उहाँले क्वारेन्टाइनमा १४ हजार ७३१ जना रहेको बताउनुभयो । प्रवक्ता देवकोटाले तीन जना काठमाडौँ र ८४ जना बाहिर गरी ८७ जना आइसोलेसनमा रहेको बताउनुभयो । हालसम्म नेपालमा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
gorkhapatraonline.com 

शैक्षिक सत्र परिवर्तन नहुने


शैक्षिक सत्र परिवर्तन नहुने

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ ।
आर्थिक वर्ष र नयाँ शैक्षिक सत्रलाई एकसाथ मिलाएर लैजाने विषयमा कुनै छलफल नै नगरिएको सरकारी अधिकारीहरूले स्पष्ट गरेका छन् । नेपालमा साउनबाट नयाँ आर्थिक वर्ष र वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको छ ।
तत्काल परिवर्तन हुँदैन : महानिर्देशक
शैक्षिक सत्र परिवर्तनले शिक्षाका साथै मुलुकको धेरै क्षेत्रमा दूरगामी असर तथा दीर्घकालीन प्रभाव पार्ने भएकाले कोरोना सङ्क्रमणको मात्रै कारण देखाएर शैक्षिक सत्र नसार्ने टुङ्गोमा शिक्षाका अधिकारीहरू पुगेका छन् । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलिया यस वर्ष असामान्य परिस्थितिका कारण वैशाखबाट विद्यार्थीको पठनपाठन प्रारम्भ गर्न नसकिए पनि तत्काल शैक्षिक सत्रमा फेरबदल नगरिने बताउनुभयो ।
सरकारले विगत केही वर्षदेखि वैशाख २ देखि १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । यसले विद्यालयबाहिर रहेका बा(लबालिकालाई विद्यालयमा ल्याउन सकारात्मक पहल गरेको जनाइएको छ लाखौँ विद्यार्थी तथा अभिभावकको सरोकारको विषय भएको र धेरै दूरगामी प्रभाव पार्ने विषय भएकाले यसमा धेरै पक्षसित छलफल गर्नुपर्ने महानिर्देशक थपलियाको भनाइ छ ।
भर्ना अभियान प्रभावित
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तान बर्खा सिजन र ७० लाख विद्यार्थीको नयाँ सिजन एकैसाथ पार्न सान्दर्भिक नहुने तर्क गर्नुहुन्छ । नयाँ शैक्षिक सत्र र नयाँ वर्षको सुरुआतसँगै भर्ना अभियान पनि चलाउँदा यसले शिक्षामा राम्रो प्रभाव पारेको उल्लेख गर्दै महासचिव मोक्तान त्यसकारण कुनै एक वर्षको अनुभवकै आधारमा शैक्षिक सत्र सार्न नहुने बताउनुहुुन्छ । साउन भदौमा बालबालिका विद्यालय आउने क्रम कम हुने तथा कतिपय विद्यालय बन्दसमेत हुने भएकाले पनि शैक्षिक सत्र सार्दा शिक्षामा धेरै दूरगामी असर पार्ने उहाँको भनाइ छ ।
यस वर्ष साउनबाट कक्षा सुरु गर्नुपर्ने अवस्था सिर्जना भए पनि बिदा कटौती गर्ने, विद्यालय खुल्ने समय बढाउने, अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले यसका लागि सूचना प्रविधिको क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बत(ाउनुभयो ।
वैशाख नै उपयुुक्त
निजी तथा विद्यालय आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीका पुरी शैक्षिक सत्रको सुरुआत वैशाख नै उपयुक्त भएको बत(ाउनुहुन्छ । वर्षाको सिजनमा विद्यार्थीलाई विद्यालयसम्म आउन, किताब कापीको प्रबन्ध मिलाउन, अभिभावकलाई पनि विद्यालयसम्म आउन कठिनाइ हुने भएकाले वैशाखको नयाँ शैक्षिक सत्र सार्नु व्यावहारिक नहुने प्याब्सनले जनाएको छ ।
साउनमा नयाँ शैक्षिक सत्र पु¥याउँदा धेरै ग्रामीण जनतालाई असर पर्ने भएकाले यस खालको दूरगामी विषयमा निर्णय लिँदा धेरै विचार पु¥याउनुपर्ने अध्यक्ष पुरीको सुझाव छ । यस वर्षको सङ्क्रमणलाई मात्रै आधार मानेर हतारमा शैक्षिक सत्र परिवर्तन गर्न नहुने उहाँको भनाइ छ ।
विद्यार्थीको सुविधामै निर्णय
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्वअध्यक्षसमेत रहनुभएका शिक्षाविद् डा. बाबुराम अधिकारी विद्यार्थीको सुविधालाई दृष्टिगत गरी शैक्षिक सत्रका बारेमा अन्तिम निर्णय गर्नुपर्ने बताउनुहुन्छ । विगतमा पनि मङ्सिर, माघ तथा फागुनमा शैक्षिक सत्र प्रारम्भ गरिएकाले उपयुक्त देखिए शैक्षिक सत्र सार्न सकिने तर त्यो विद्यार्थीको हितमा हुने गरी निर्णय गर्नुपर्ने उहाँले
बताउनुभयो ।
Gorkhapatraonline.com

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल काठमाडौँ, वैशाख १४ गते ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (क...